images
images

मोरङ–३ (१) मा काँग्रेसबाट मानबहादुरले पाए टिकट 


  • 341
    SHARES
  • २०७९ कार्तिक २४ गते बिहीबार

    मोरङ–३ (१) मा काँग्रेसबाट मानबहादुरले पाए टिकट 

    काठमाडौं । नेपाली काँग्रेसले मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यको टिकट मानबहादुर लिम्बुलाई दिएको छ । बेलबारी ८ निवासी  लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।

    उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो । 

    नेपाली काँग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बुले टिकट पाएको पुष्टि गरे । ‘मानबहादुर लिम्बूले टिकट पाउनु भएको छ,’ रायमाझीले भने, ‘मनोनयनको तयारी भइरहेको छ ।’ लिम्बूले टिकट पाएसँगै अब एमालेबाट उम्मेदवार बनेका दिलिप राईसँग उनले प्रतिस्पर्धा गर्ने भएका छन् । 


    थापाको बुधबार बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा मृत्यु भएको थियो । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए । असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै थापा बिरामी थिए । उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो । थापालाई क्याप्सिका निमोनिया भएको थियो । 

    उनलाई गत सोमबार बेड रेस्टको लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो । २०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन भएर काम गरेका थापा हाल प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थिए । 


    images

    Logo