काठमाडौं । बैंक अफ काठमाण्डूले साधारणसभा बोलाएको छ । आइतवार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले मंसिर २३ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बस्नेगरि साधारणसधा बोलाएको छ । सो सभामा बैंकले प्रस्ताव गरेको ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत १४.९५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै सो सभामा ग्लोबल आईएमई बैंकसँग मर्जरको प्रस्तावलाई पारित थर्ने, शेयर स्वाप रेसियो १ः१ अनुपातमा गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डाहरु रहेका छन् ।
ग्लोबल आईएमई बैंकसँग मर्जरको प्रयोजनका लागि सो बैंकको शेयर कारोबार असार २ गतेदेखि बन्द रहेको छ । यसकारण असार १ गतेसम्म कायम रहेका शेयरधनीले यस सभामा सहभागि हुन र बैंकले प्रस्ताव गरेको लाभांश लिन पाउनेछन् ।


