काठमाडौं । केहिदिन अघि स्थगित भएको कोरोनाविरुद्धको खोप कार्यक्रम काठमाडौं महानगरपालिकाले आजदेखि पुनः सञ्चालन गर्न लागेको छ ।
आज र भोलि ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाइनेछ ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाइने जनाइएको छ ।


