काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ ४ सीटको अन्तिम परिणाम आएको छ । काठमाडौं १, ललितपुर २, मनाङ र मुस्ताङको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।
काठमाडौं १ बाट नेपाली काँग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रलाई १२५ मतले पछि पार्दै जित निकालेका हुन् । सिंहले ७ हजार १ सय ४३ मत ल्याउँदा मिश्रले ७ हजार १८ मत पाए ।
त्यस्तै, ललितपुर २ बाट नेकपा एमालेका प्रेम महर्जनले विजयी भएका छन् । महर्जनले १५ हजार २५ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८ सय ८६ मत ल्याए ।
मनाङमा नेपाली काँग्रेसका टेकबहादुर गुरुङ बिजयी भएका छन् । उनले २५७५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका पाल्देन छोपाङ गुरुङले २२४७ मत ल्याए ।
मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली बिजयी भए । उनले ३९९२ मत ल्याउँदा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत प्राप्त गरे ।


