images
images

९ निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी, कहाँ कहाँको बाँकी छ ?


  • 400
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    ९ निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी, कहाँ कहाँको बाँकी छ ?

    काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब ८ जिल्लाका ९ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ ।

    ती क्षेत्रमध्ये अधिकांशमा मतपेटिका सङ्कलन भइसकेको र मतगणना सुरू हुने क्रममा रहेको तथा केही क्षेत्रमा राजनीतिक सहमतिपछि मतगणना प्रारम्भ हुने निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए। 

    आयोगका अनुसार मतगणना हुन बाँकी रहेकामा बागमती प्रदेशको दोलखा क्षेत्र नं. १, गण्डकी प्रदेशको स्याङ्जा क्षेत्र नं २, लुम्बिनी प्रदेशको गुल्मी क्षेत्र नं १ रहेका छन् । गुल्मीको एक मतदानस्थल (अर्वेनी) मा आजै पुनःमतदान भएको छ ।

    कर्णाली प्रदेशको मुगुमा मतपेटिका सङ्कलन भइसकेको छ भने डोल्पामा ११ र हुम्लामा ३४ मतदान केन्द्रको मतपेटिका सङ्कलन हुन बाँकी रहेको छ । सुर्खेतको सिम्ता मतदानस्थलमा आज पुनः मतदान भएको छ । सुदूरपश्चिम प्रदेशको बाजुराको बुढीनन्दा नगरपालिकामा पुनः मतदान हुन बाँकी छ ।


    images

    Logo