images
images

प्रतिनिधिसभाको समानुपातिकतर्फ कुन दलको कति मत ?


  • 602
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    प्रतिनिधिसभाको समानुपातिकतर्फ कुन दलको कति मत ?

    काठमाडौं । काठमाडौ ।प्रतिनिधिसभाको समानुपातिकतरको मतगणनामा नेकपा एमालेले २ लाख मत कटाएको छ।

    एमालेले बुधबार बिहानसम्म २ लाख ९ हजार ८ सय मत प्राप्त गरेको छ। यो अहिलेसम्म गणना भएको मतको २८.३ प्रतिशत हुन आउँछ।

    त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ८६ हजार ५ सय ५७ मत प्राप्त गरेको छ। यो जारी मतगणनाको २५.२ प्रतिशत हुन आउँछ।

    तेस्रो स्थानमा भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छ। सो पार्टीले ९७ हजार ५ सय ९३ मत प्राप्त गरेको छ। यो १३.२ प्रतिशत हुन आउँछ।

    चौथो स्थानमा रहेको माओवादी केन्द्रले ८६ हजार ९ सय ३८ मत ल्याएको छ । माओवादी केन्द्रको मत प्रतिशत ११.७ रहेको छ।

    पाँचौ स्थानमा रहेको राप्रपाले ५० हजार २ सय ७५ मत पाएको छ । जुन ६.८ प्रतिशत हुन आउँछ। बाँकी दलहरूले ३ प्रतिशत मत कटाएका छैनन्।


    images

    Logo