काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले) ले ४ लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले ४ लाख ५२ हजार ७ सय ३० मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ४ लाख १६ हजार १ सय ८४ मत ल्याएको छ । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी २ लाख ३४ हजार ७ सय ४७ मतसहित तेस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र) ले १ लाख ९२ हजार ७ सय ४२ मत ल्याएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २३ हजार नौ सय ९ , जनता समाजवादी पार्टी, नेपालले ५७ हजार ९ सय १०, मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ४२ हजार ४ सय ५७, जनमत पार्टीले २८ हजार ३ सय ४४, नेकपा (एकीकृत समाजवादी) ले २८ हजार ३ सय ७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार छ सय १६ मत ल्याएको छ ।
विभन्नि साना दलहरुको जोड्दा ९८ हजार ५ सय १९ मत आएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि ३ लाख २० हजार बढी मत ल्याउनुपर्ने छ ।
प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ ।


