images
images

अहिलेसम्मको मतअनुसार कुन दलले कति पाउँछन् समानुपातिक सीट ?


  • 772
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    अहिलेसम्मको मतअनुसार कुन दलले कति पाउँछन् समानुपातिक सीट ?

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत हालसम्म ६९ लाख ४५ हजार मत गणना भएको छ । निर्वाचन आयोगका दर्ता भएका ४८ वटा दलहरुले उक्त मत पाएका हुन् ।

    अहिले प्राप्त मतअनुसार सांसदको सीट पाउन ३ प्रतिशतको थ्रेसहोल्ड कट्नुपर्छ । हालसम्म यसरी थ्रेसहोल्ड कटाउने दलको संख्या ६ रहेको छ । 

    नेकपा एमालेले सबैभन्दा धेरै १९ लाख ११ हजार मत (२७.५२ प्रतिशत) ल्याउँदा काँग्रेसले १८ लाख ३९ हजार मत (२६.४९ प्रतिशत) ल्याएको छ । 

    त्यस्तै, माओवादीले ८ लाख ११ हजार (११.६८ प्रतिशत), रास्वपाले ७ लाख ९६ हजार (११.४७ प्रतिशत), राप्रपाले ४ लाख १० हजार (५.९० प्रतिशत) जसपाले २ लाख २६ हजार मत (३.२६ प्रतिशत) सहित थ्रेसहोल्ड कटाएका छन् । यो मत मात्रै समानुपातिक प्रतिनिधित्वको लागि योग्य मानिन्छ । यसरी खेर नगएको कुल मत ५९ लाख ६६ हजार हुन आउँछ । 

    यो मतका आधारमा प्रत्येक दलले पाएको मतलाई ११० को संख्याले हिसाब गर्दा एमालेको ३५, काँग्रेसको ३४, माओवादीको १५, रास्वपाको १५, राप्रपाको ८ र जसपाको ४ सीट हुन आउँछ । 

    यो संख्या पूर्ण मतगणना हुँदा प्राप्त हुने संख्याको अनुपात अहिलेको भन्दा फरक भएमा यो संख्यामा केही परिवर्तन हुनसक्ने देखिन्छ । 


    images

    Logo