काठमाडौं । प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको मर्जर भाडिएको छ ।मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो ।
दुबैले कम्पनीले मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । तर मंसिर १ गते क्यापिटल मर्चेन्टले बैंकलाई सबै प्रकृयाँ स्थायी रुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भङ्ग गर्न अनुरोध गरेको थियो ।
क्यापिटलको सो पत्र प्राप्त भएपछि बैंकको क्यापिटल मर्चेण्ट एण्ड फाइनान्सलाई एक्विजिसन गर्ने सम्बन्धमा अघि बढाइएको सम्पुर्ण प्रकृयाँ अन्त्य गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।