images
images

जहाजको ‘इन्जिन स्टार्ट’ नभएपछि ............


  • 441
    SHARES
  • २०७९ मंसिर ११ गते आइतबार

    जहाजको ‘इन्जिन स्टार्ट’ नभएपछि ............

    काठमाडौं । जहाजको ‘इन्जिन स्टार्ट’ नभएपछि मुम्बई जाने १५२ यात्रु अलपत्र अलपत्र परेका छन् ।  जहाजको ‘इन्जिन स्टार्ट’ नभएर समस्या उत्पन्न भएपछि नेपाल वायुसेवा निगमको आईतवार बिहान साढे ११ बजे मुम्बई उड्नुपर्ने जहाज निर्धारित समयमा उड्न नसकेको हो । 

    जहाज समयमै नउड्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ५२ जना यात्रु अलपत्र परेका छन् । निगमको यात्रु सेवा विभागका अनुसार मुम्बईका लागि तय गरिएको न्यारोबडी अल्फा किलो ह्विस्की विमानको इन्जिन स्टार्ट नभएपछि उड्न नसकेको हो । बाहिरबाट अर्को उपकरणको सहायताबाट इन्जिन स्टार्ट गर्न एयर स्टार्ट युनिट (एएसयू) उपकरण लिएर प्रयास गरिएपनि सो उपकरण पनि बिग्रिएपछि जहाज स्र्टाट नभएको हो ।

    निगमका एक निर्देशकका अनुसार अब निगमले दिल्लीबाट फर्किँदै गरेको अर्को न्यरोबडी मुम्बई पठाउने तयारी भएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार निगमको विमानस्थलमा रहेका कर्मचारीहरू यात्रुलाई भर्खरै दिल्लीबाट फर्किएको अर्को न्यारोबडी अल्फा किलो एक्सरेमा सार्ने तयारी गर्दै छन् ।


    images

    Logo