१ नं. प्रदेश सरकारले आगामी आव २०७८/७९ मा पर्यटन क्षेत्रका लागि करिब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षको बजेट उल्लेख गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङ लिम्बुले सो घोषणा गरेका छन् । नेपालको होचो स्थान मानिने झापाको केचनादेखि विश्वकै अग्लो स्थान मानिने सगरमाथालाई दू्रत रुपमा जोड्ने गरी पर्यटकीय योजना बनाउने उल्लेख बजेटमा उल्लेख गरिएको छ ।