images
images

उदयपुर १ मा कांग्रेसका नारायण खड्काको जीत सुनिश्चित


  • 499
    SHARES
  • २०७९ मंसिर १३ गते मंगलबार

    उदयपुर १ मा कांग्रेसका नारायण खड्काको जीत सुनिश्चित

    गाईघाट । उदयपुर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्काको जीत सुनिश्चित भएको छ । जारी मतगणनामा गन्न बाँकी मतभन्दा खड्काको अग्रता धेरै भएसँगै उनको जित सुनिश्चित बनेको हो । 

    अहिलेसम्मको मतगणना अनुसार खड्काले ३० हजार ३ सय ८८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु चौधरीले २८ हजार १ सय ९८ मत पाएकी छिन् । यो मतान्तर २ हजार १ सय बराबर हो । 

    अब गन्न बाँकी मतको संख्या २ हजार ५८ रहेको छ । यो हिसाबले गन्न बाँकी मतभन्दा ८२ मत धेरैले खड्का अघि छन् । 

    यो परिणामसँगै काँग्रेसका कार्यकर्ताहरु विजय उत्सवको तयारी गरिरहेका छन् । 


    images

    Logo