images
images

भक्तपुरको ख्वप अस्पतालमा पनि अक्सिजन उत्पादन शुरु 


  • 725
    SHARES
  • २०७८ आषाढ २ गते बुधबार

    भक्तपुरको ख्वप अस्पतालमा पनि अक्सिजन उत्पादन शुरु 

    भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टले अक्सिजन उत्पादन शुरु गरेको छ । मंगलबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले उद्घाटन गरेसंगै प्लान्टबाट अक्सिजन उत्पादन शुरु भएको हो । 

    ख्वप अस्पतालमा १ करोड २३ लाख ३६ हजार रुपैयाँको लागतमा अक्सिजन प्लान्ट निर्माण भएको हो । अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको १०० देखि १२० सिलिन्डर प्रतिघण्टा अक्सिजन उत्पादन गर्छ । 

    उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष बिजुक्छेंले कोभिड महामारीविरुद्धको लडाइँमा संसारका धनी र विकसित देशहरुलाई समेत कठिन भएको बताए । सातवटै प्रदेशहरुमा सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने पक्षमा नेमकिपा रहेको बताउँदै जनताको जीवन रक्षामा सरकार चुकेको बताए । 

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र अन्य स्वास्थ्य उपकरणहरुको निम्ति जनता आफै अग्रसर भएर श्रोतको बन्दोबस्त गर्नु जनप्रतिनिधि र जनताबीच एकताको प्रमाण भएको बताए । संकटको बेला जनताले नगरपालिकाबाट बढी सहयोगको आशा गर्नु स्वभाविक भएको बताउदै प्रमुख प्रजापतिले कोभिडको दोस्रो लहरको संकेत भक्तपुर नगरपालिकामा देखा पर्ने बित्तिकै २०७८ बैशाख १७ गतेदेखि नै ख्वप अस्पताल कोभिड युनिट सञ्चालनमा ल्याएको जानकारी दिए । 

    कार्यक्रममा भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष उकेश कवा, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाल, जनस्वास्थ्य केन्द्रका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले ख्वप अस्पताल कोभिड युनिट र जनस्वास्थ्य केन्द्रका कोभिड संक्रमित बिरामीहरुको अवस्था र अस्पतालबाट बिरामीहरुको सेवासम्बन्धी भइरहेका गतिविधिहरुबारे जानकारी गराएका थिए ।


    images

    Logo