काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५ कम्पनीलाई तत्काल आईपीओ जारी गर्न निर्देशन दिएको छ । प्रधिकरणले आईपीओ जारी नगरेका ५ वटा जीवन बीमा कम्पनीलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो ।
पत्रमार्फत प्राधिकरणले सिटिजन्स लाइफ, रिलायबल लाईफ इन्स्योरेन्स, सन नेपाल लाइफ, आईएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई निर्देशन दिएको छ ।
प्रधिकरणले गत चैतमा जीवनबीमा कम्पनीको पुँजी ५ अर्ब कायम गर्नुपर्ने निर्णय गरेको थियो । अहिले सञ्चालनमा रहेका कम्पनीले आगामी वर्षको चैत मसान्तसम्म पुँजी पूरा गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले सो अवधि भित्रमा चुक्ता पुँजी पुर्याउनको लागि पनि प्राधिकरणले कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।