काठमाडौं । इक्रा नेपालले साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीलेपुस २२ गते दिनको २ बजे बजे एलोफ्ट होटेल ठमेलमा बस्नेगरी साधारणसभा बोलाएको छ ।
उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हालको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५२.१७३१६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।