images
images

हिमालयन डिष्ट्रलरीले बोलायो साधारणसभा, ७० प्रतिशत लाभांश पारित गर्ने


  • 436
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    हिमालयन डिष्ट्रलरीले बोलायो साधारणसभा, ७० प्रतिशत लाभांश पारित गर्ने

    काठमाडौं । हिमालयन डिष्ट्रलरीले साधारणसभा बोलाएको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले पुस २७ गते कम्पनीको रजिष्टर्ड कार्यालय, विरगञ्जमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । 

    सो सभामा कम्पनीले प्रस्ताव गरेको ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै, लेखारीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    सो सभा प्रयोजनका लागि कम्पनीले  पुस २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । 


    images

    Logo