images
images

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले जित्यो विश्वकप उपाधि


  • 375
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले जित्यो विश्वकप उपाधि

    काठमाडौं । विश्वकप–२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । आज भएको खेलमा पेनाल्टस् सुटआउटमार्फत् अर्जेन्टिनाले फ्रान्सलाई ४–२ ले पराजित गरेको हो ।

    यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै पक्षले २–२ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको समयमा दुवैले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

    पेनाल्टीमा फ्रान्सका २ खेलाडीले गोल गर्न नसकेपछि अर्जेन्टिनाले उपाधि उचालेको हो । सो खेलमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका छन् भने लियोनल मेसीले २ गोल गरेका छन् । 

    योसँगै अर्जेन्टिना तीनपटक विश्वकप जित्ने राष्ट्र बनेको छ । 


    images

    Logo