काठमाडौं । संसदीय दलको नेता छान्नको लागि नेपाली कांग्रेसले बुधबार निर्वाचन गर्न भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालले सोमबार तालिका सार्वजनिक गर्दै पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म निर्वाचन गर्नेगरी तालिका सार्वजनिक गरेको हो।
यस प्रयोजनको लागि पुस ४ गते दिँउसो २ बजे मतदाता नामावली संकलन गर्ने भएको छ । यसैगरि सोही दिन साढे २ बजे मतदाता नामावाली उपर दावी विरोधको लागि समय दिनुको साथै ४ बजे अन्तिम नामावाली प्रकाशन गर्नेछ ।
त्यस्तै, पुस ५ गते विहान ८ देखि १० बजेसम्म उम्मेदवारीको लागि दरखास्त दिने समय तोकिएको छ भने सोही दिन साढे १० बजे प्रथम नामावाली प्रकाशन गर्ने भएको छ । यसैगरी सोही दिन साढे १२ बजे मतदाता नामावाली उपर दावी विरोधको लागि समय दिनुको साथै ३ बजे अन्तिम नामावाली प्रकाशन गर्ने छ ।
पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म निर्वाचन हुने भएको कार्यालयले जनाएको छ ।


