images
images

मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, १३ प्रतिशत लाभांश पारित गर्ने 


  • 399
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, १३ प्रतिशत लाभांश पारित गर्ने 

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले  बार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले पुस २७ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभामा कम्पनीले प्रस्ताव गरेको १२.३५ प्रतिशत बोनस शेयर र ०.६५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने छ । 

    त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । 

    यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । सो सभा प्रयोजनका लागि कम्पनीले  पुस १४ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 


    images

    Logo