images
images

प्राइम बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 421
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    प्राइम बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । प्राइम कमर्सियल बैंकले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैंकले पुस २८ गते, कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सो सभा बोलाएको छ । 

    सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर तिर्न ४.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

    सो सभा प्रयोजनका लागि बैंकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले प्रस्ताव गरेको लाभांश लिन र सो साधारणसभामा सहभागी हुन पाउनेछन् ।


    images

    Logo