काठमाडौं । बुटवल पावरले लाभांश घोषणा गरेको छ । बिशीवार बसेको सञ्चालक समितिको बैठकले सो निण्र्नय गरेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट चुक्त पुँजीको ५ प्रतिशत बनेनस शेयर र कर प्रयोजनका लागि समेत ७.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
साथै कम्पनीले पुस ३० गते कार्की ब्यान्क्वेटमा बस्नेगरि साधारणसभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ, त्यस्तै, सभाले स्वतन्त्र संचालक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरूको तर्फवाट प्रतिनिधित्व गर्ने एक जना महिला संचालक सहित दुई जना संचालकहरूको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।