images
images

माछापुच्छे बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 398
    SHARES
  • २०७९ पौष ८ गते शुक्रबार

    माछापुच्छे बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । माछापुच्छे बैंकले साधारणसभा बोलाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैंकले पुस २९ गते, सभामण्डप, आर्मी अफिसर्स क्लव भद्रकाली काठमाडौंमा ११ बजे बस्नेगरि सो सभा बोलाएको छ ।

    आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ भने  आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

    माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न/गाभिन वा मर्जरमा जाने भएमा संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 

    सो सभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन  सक्ने छन् । बैंकले लाभांश प्रस्ताव गरेको छैन  । 


    images

    Logo