images
images

५ हजार ६ सय ४४ उद्योगलाई विदेशी लगानीको स्वीकृति


  • 647
    SHARES
  • २०७९ पौष ९ गते शनिबार

    ५ हजार ६ सय ४४ उद्योगलाई विदेशी लगानीको स्वीकृति

    काठमाडौं । नेपालमा हालसम्ममा पाँच हजार ६ सय ४४ ओटा उद्योगलाई विदेशी लगानी स्वीकृत गरिएको छ । जसमध्ये गत मङ्सिर महिनामा मात्र १६ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिइएको उद्योग विभागले जनाएको छ । 

    विभागले गत कात्तिकमा पनि २४ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिएको थियो । मङ्सिरमा स्वीकृति दिएका १६ ओटै उद्योग साना उद्योग हुन् भने कात्तिकमा एउटा ठुलो उद्योगलाई, ४ ओटा मझौला उद्योगलाई र १९ ओटा साना उद्योगलाई स्वीकृति दिइएको हो । मङ्सिरमा स्वीकृति दिइएका मध्यै २ ओटा उत्पादनमूलक, ८ ओटा पर्यटनमूलक र ६ ओटा सेवामूलक रहेका छन् । 

    यसैगरी कात्तिकमा स्वीकृति दिइएका विदेशी लगानीहरुमा १२ ओटा पर्यटनमूलक, सेवामूलक १० ओटा, पूर्वाधार र सूचनाप्रविधि १र१ ओटा रहेका छन् । मङ्सिर महिनामा स्वीकृति पाएका १६ ओटा उद्योगहरूबाट ८४ करोड ९० लाख पुँजी लगानी गर्ने उद्योग विभागले जनाएको छ । 


    images

    Logo