images
images

लगानीकर्तालाई जोखिम मूल्यांकन गरी लगानी गर्न सुझाउनु सेबोनको जिम्मेवारी होः भिष्मराज ढुंगाना


  • 1.1K
    SHARES
  • २०७८ आषाढ ७ गते सोमबार

    लगानीकर्तालाई जोखिम मूल्यांकन गरी लगानी गर्न सुझाउनु सेबोनको जिम्मेवारी होः भिष्मराज ढुंगाना

    काठमाडौं । धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्डले असार १ गते ५१ वटा कम्पनीहरूको वित्तीय परिसूचक मूल्यांकन गरी लगानी गर्न आम सर्वसाधारणलाई सुझाएपछि बोर्ड विवादमा तानिएको छ । यसै विषयलाई लिएर बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

    यस विषयमा उनीसँग नेपालअर्थले कुरा गर्दा उनले बोर्डले आफ्नो नियामकीय भुमिका अनुसार आम लगानीकर्तालाई सु–सूचित गर्न र उनीहरूको हितका लागि जोखिम मूल्यांकन गरी लगानी गर्न सुझाव दिने उद्देश्यले कम्पनीहरूको सूची सार्वजनिक गरेकोे बताए । बोर्डले आम लगानीकर्ताको हितलाई केन्द्रमा राखेर गरिएको निर्णयमा परेको उजुरीमा कुनै तुक नभएको स्पष्ट पनि उनले पारे । 

    ‘सर्वसाधारण लगानीकर्तालाई विभिन्न कम्पनीको वास्तविक अवस्थाका वारेमा जानकारी गराउने उद्देश्यसहित ती कम्पनीहरूको सूची सार्वजनिक गरेका हौं,’ उनले भने । ती कम्पनिहरूको हालसम्म कारोबार बन्द नगरिएकोले शेयर खरिद बिक्री गर्न  कुनै संकोच मान्नु पर्ने तथा अतालिनु पर्ने अवस्था नरहेको समेत उनले जानकारी गराए । 

    ‘यदि बोडैले गरेको निर्णयमा कुनै कसुर तथा गन्ध पाएको भए सर्वोच्च अदालतले अन्तरिम आदेश दिने थियो, तर दिएन उनले थपे ‘बोर्डले गरेको कार्य आम लगानीकर्ताको हितमा भएकोले नै अदालतले अन्तरिम आदेश नदिएको हो ।’

    ‘अहिले बजारमा नयाँ लगानीकर्ताहरू प्रवेश गरेका छन्,’ उनले भने ‘उनीहरूलाई शेयर बजारको वास्तविक अवस्थाका वारेमा जानकारी दिनु बोर्डको दायित्व र कर्तव्य हो ।’  यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष ढुंगानाले जनाकारी गराए । 

    कम्पनीहरूको अवस्था हेरर लगानी गर्नुमात्रै भनिएको हो, कारोबार गर्न त रोक लगाएको छैन नि,’ उनले थपे ‘लगानीकर्तालाई जोखिम समेत मूल्यांकन गरेरमात्रै लगानी गर्न सुझाउनु बोर्डको जिम्मेवारी नै हो ।’

    नयाँ लगानीकर्तालाई आफूले शेयर लगानी गर्ने कम्पनीको वित्तीय परिसूचकको विश्लेषण गरेर लगानी गर्न पनि सुझाएको छ । 

    सर्वोच्च अदालतले पनि यस विषयमा बोर्डको धारणालाई मान्यता दिइसकेको अवस्था छ ।  


    images

    Logo