काठमाडौं । ललितपुर महानगरपालिकाले असार ९ गते ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिने भएको छ ।
महानगरपालिकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
यसअघि पहिलो डोज लगाएका ७५ वर्षमाथिका २ हजार २२० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी २ हजार ५०० जनाले खोप लगाउन पाउनेछन् ।
खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुलेको प्रमाण कागजसमेत अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।



