images
images

असार १७ गतेदेखि आन्तरिक उडान सुचारु, दैनिक ७० देखि ७५ उडान हुने


  • 799
    SHARES
  • २०७८ आषाढ ९ गते बुधबार

    असार १७ गतेदेखि आन्तरिक उडान सुचारु, दैनिक ७० देखि ७५ उडान हुने

     काठमाडौं । सरकारले असार १७ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा सञ्चालक संघलाई आगामी १७ असार (१ जुलाई) देखि उडान गर्ने गरी तयारी गन आज बुधबार्र  परिपत्र गरेको हो । यसअघि ७ असार (सोमबार) नै आन्तरिक उडान खुलाउने निर्णय गरेपनि यसको तालिका स्वीकृत गर्ने र सम्बन्धित वायुसेवालाई आवश्यक समय दिनुपर्ने भन्दै उडानको लागि एक साता समय थप गरेको हो । 

    महामारीको जोखिम अहिले पनि बाँकी रहेको र उडान सञ्चालन गर्न आन्तरिक वायुसेवाले पनि तयारी गर्नुपर्ने र टिकट बिक्री गर्न समय लाग्ने भन्दै १७ असारदेखि नै उडान गर्ने सहमति वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा हेलि एभरेष्टका सीईओ योगराज शर्मा कँडेल बताए । 

    ‘सरकारले अझै एक सातापछि मात्रै उडान गर्न आग्रह गरेको र सोही अनुसारको उडान तालिका बनाएर स्वीकृत गराउन अनुरोध गरेको छ,’ उनले भने ‘पर्यटन मन्त्रालयले ७ असारकै निर्णयलाई टेकेर निषेधाज्ञा अगाडिको उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी तालिका बनाउन भनेको छ ।’ 

    आन्तरिक वायुसेवाले उडान तालिका बनाउने र हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष स्वीकृतिको लागि पठाउने छन् । प्राधिकरणको स्वीकृतिपछि मात्रै वायुसेवाले उडान गर्ने छन् । 
    सरकारले दिएको उडान संख्या अनुसार निषेधाज्ञा अगाडि दैनिक १५० वटासम्म उडान हुने गरेकोमा अब एक सातापछिको उडानमा भने ७० देखि ७५ वटा उडान गर्ने गरी तयारी भएको छ । 

    वायुेवाले कम्पनीले एउटा उडान र अर्को उडानको समय कम्तिमा आधा घण्टा राखेर तालिका बनाउने र सोही अनुसार उडान गर्न स्वीकृति माग्ने जानकारी पनि कँडेलले दिए । सरकारले आन्तरिक उडान खुलाउदा उडान संख्याको आधा क्षमतामा मात्रै गर्न पाउने व्यवस्था गरेको छ ।


    images

    Logo