काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन नियुक्त भएका छन् । बिहीवार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले शेरचनलाई माघ १५ गतेदेखि लागू हुने गरि ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गरेका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ । उनी सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका थिए । तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाएका हुन् ।
जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ भएका थिए । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका हुन् । आगामी माघ १८ देखि उनले तेस्रो कार्यकाल सुरु गर्नेछन्।


