काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश कुमार पोखरेल नियुक्त भएका छन् । कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई सीईओ पदमा नियुक्त गरेको हो ।
पोखरेललाई माघ ९ गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको बैंकले जनाएको छ । उनको कार्यकालका ४ वर्ष हुनेछ ।