काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन म्याद तोकेको थियो । सोही सूचनाका आधारमा सीईओका लागि २२ जनाको आवेदन दिएका थिए ।
उक्त २२ जनाबाट ५ जनाको नाम सर्टलिष्ट गरिएको थियो । बैंकको सीईओ पदका लागि गोविन्द गुरुङ, प्रताप सुवेदी, बद्री कुमार गुरागाई, यज्ञ प्रसाद न्यौपाने र विष्णु देव यादवको नाम सर्ट लिष्ट गरिएको थियो । उनीहरुमध्ये गुरुङ बैंकको सीईओ बन्न सफल भएका हुन् ।
सर्टलिष्टमा परेका ५ जनामध्येबाट समितिले ३ जना छनोट गरि पठाएको थियो । उक्त छनोट भएका ३ जनामध्येबाट गुरुङलाई बैंक सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो । उनी सिभिल बैंकका पूर्व सीईओ हुन् । गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ ।


