काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । गुरुङ चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् ।
कृषि विकास बैङ्कको सञ्चालक समितिले खुला प्रतिस्पर्धाबाट गुरुङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।हिमालयन बैङ्कबाट बैङ्किङ करिअर सुरु गरेका गुरुङले यसअघि सिभिल बैङ्कमा सीईओको रूपमा काम गरेका थिए ।
गुरुङसंग ग्लोबल आईएमई तथा मेगा बैङ्कमा समेत काम गरेको अनुभव छ। सिभिल बैङ्क छाडेपछि गुरुङले म्यानमारको एक बैङ्कमा सिइओका रूपमा काम गरेका थिए ।