images
images

भैरहवाबाट फेरि उडान गर्दै जजिरा, यस्तो छ समय तालिका


  • 575
    SHARES
  • २०७९ फाल्गुण ७ गते आइतबार

    भैरहवाबाट फेरि उडान गर्दै जजिरा, यस्तो छ समय तालिका

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले पुनः उडान गर्ने भएको छ । जजिराले मार्च ९ अर्थात् फागुन २५ गतेदेखि पुनः उडान गर्ने निर्णय गरेको हो ।

    जजिराले पुरानै तालिका अनुसार सातामा ३ दिन अर्थात मंगलबार, बिहीबार र शुक्रबार उडान गर्ने भएको छ । उडान समय मंगलबार, बिहीबार र शुक्रबार बिहान ७ः१५ बजे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुने र ८ः०५ बजे कुवेतका लागि उड्ने जजिरा एयरवेजले जनाएको छ। 

    यसअभि पनि जजिराले भैरहवाबाट उडान गर्दै आएको थियो । तर करिब २ महिनादेखि कारणबस उक्त उडान रोकिएको थियो । 


    images

    Logo