images
images

थाई एयरवेजको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवा खारेज


  • 436
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    थाई एयरवेजको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवा खारेज

    काठमाडौं । यसैबीच प्राधिकरणले थाई एयरवेजले विगतदेखि गर्दै आइरहेको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको म्याद थप नगर्ने निर्णय गरेको छ । प्रवक्ता निरौलाका अनुसार हवाई विभाग हुँदादेखिनै उक्त सेवा प्रदान गर्दै आएको थियो ।

    राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मुलुकका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सेवा गर्दै आएको छ । 

    थाई एयरवेजले कोभिडपूर्व नेपालमा नियमित उडान गथ्र्यो । कोभिड सुरुहुनुभन्दा केही समयअघि नै उक्त वायुसेवा कम्पनीको उडान बन्द भएको थियो । अहिले थाई स्माइलले काठमाडौँमा उडान गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले एयर इण्डियाले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।


    images

    Logo