images
images

कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त


  • 522
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त

    काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । आज बसेको बैंक सञ्चालक समितिको बैठकले पूर्वराजस्व सचिव भइ सकेका पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो । 

    उनी यसअघि बैंकको सञ्चालक समिति सदस्यका रूपमा रहेका थिए । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गर्नुभएका पुठासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए । विसं २०४५ असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत थिए । पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ ।


    images

    Logo