images
images

कोरोनाबिरुद्धको १५ लाख बुस्टर डोजः सरकारको प्राथमिकतमा को पहिला


  • 419
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    कोरोनाबिरुद्धको १५ लाख बुस्टर डोजः सरकारको प्राथमिकतमा को पहिला

    सरकारले कोरोनाबिरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरु र अग्रपंक्तिमा खटिनेहरुलाई लगाउने भएको छ । गत सोमवार कोरोना भाइरस संक्रममणबिरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो । ‘खोपका लागि ग्लोवल एलायन्स’ (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो । 

    न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड १९ बिरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने कार्य शुरु भएको पनि बताए । उनले पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको बताए । 

    सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरुमा उपलब्ध हुनेगरी समन्वय गरिसकेको उल्लेख गर्र्दै खोपहरु उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम शुरु भइसकेको बताए । उनले नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोपकेन्द्र गए सहजै खोप लगाउन सक्ने बताए । उनले खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकहरुलाई खोप लगाइदिन आग्रहसमेत गरे । आजबाट काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन शुरु गरिएको छ । 

    उनले भने, ‘कोभिड १९ बिरुद्धको खोप अहिले प्राप्त भएको छ । १५ लाख खोप आइसकेको छ । अरु थप खोप आउँदैछ । त्यो आज भोलिसम्ममा प्राप्त हुन्छ । त्यो खोप प्राप्त भएपछि हाम्रो भण्डारणमा नभएको अवस्थामा खोप अभियान रोकिएको सन्दर्भमा अब नियमित सुचारु हुन्छ । 

    त्यसमा हामीले खोप लगाउनलाई ५५ वर्ष माथिको उमेरसमूहका प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, ज्येष्ठ नागरिकहरु र अग्रपंक्तिमा खटिनेहरुलाई हामी खोप लगाउनेछौँ । पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरु पहिलो टार्गेटमा र दोस्रो मात्रा लगाउन बाँकीहरु पनि प्राथमिकतामा पर्नुहुनेछ । 

    अरु बुस्टर डोज लगाउनेहरुमा भने प्राथमिकताको आधारमा हुनेछ । हामीले सम्बन्धित खोप केन्द्रहरुमा उपलब्ध हुनेगरी समन्वय गरिसकेका छौँ । खोपहरु उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम शुरु भइसकेको छ । 

    आफ्नो परिचय खुल्ने पत्र लिएर खोपकेन्द्रमा गए खोप लगाउन पाइनेछ । खोप नलगाउनुभएका मानिसहरुले चाँडो खोप लगाइदिन र दोस्रो मात्राको खोप लगाउन बाँकी भएपनि लगाउन पनि आग्रह गर्दछौँ । अन्तिम बुस्टर मात्रा दोस्रो बुस्टर लगाइसकेको ३ महिना भइसकेको छ भने पनि लगाइदिनुहोला । रोग प्रतिरोधात्मक क्षमता कम र ज्येष्ठ नागरिकहरुका लागि एक बुस्टरमात्रा लगाइसकेको ६ महिना कटिसकेको भएपनि लगाइदिने गरी प्रवन्ध गरेका छौँ ।’

    सहायक प्रवक्ता अधिकारीले अहिले नेपालमा आएको कोरोनाबिरुद्धको खोप पहिला भएको संक्रमण र अहिले फैलिरहेको संक्रमण दुवैको हिसावले प्रयोग गर्न मिल्ने बताए । उनले यो खोप विगतमा जुनसुकै खोप लगाएको भएपनि बुस्टरमात्राका रुपमा लगाउन मिल्ने बताए । -न्युज एजेन्सी नेपाल 


    images

    Logo