काठमाडौं । एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अन्तराष्ट्रिय रिसर्च कम्पनी ब्लुमबर्गका अनुसार बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी फेरि सर्वाधिक धनी व्यक्तिमा उक्लिएका हुन् ।
टेस्ला, स्पेसएक्स तथा ट्वीटरका मालिक मस्क गत डिसेम्बरसम्म सर्वाधिक धनी व्यक्ति थिए । तर, डिसेम्बरमा बर्नार्ड अर्नाल्टले उनलाई पछि पारेका थिए । अहिले फेरि मस्कलाई पहिलो स्थानमा राखिएको छ ।
सोमबारसम्म मस्कको कुल सम्पत्ति १८७.१ बिलियन डलर रहँदा अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन डलर छ । २०२२ को अन्त्यमा टेस्ला तथा ट्वीटरको शेयरमूल्यमा आएको गिरावटका कारण मस्कको सम्पत्ति २०० विलियन डलर घटेर १३७ बिलियनमा झरेको थियो ।