images
images

स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव रामप्रसाद घिमिरे नियुक्त


  • 91
    SHARES
  • २०८३ कार्तिक १० गते मंगलबार

    स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव रामप्रसाद घिमिरे नियुक्त

    काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन् ।

    केही महिनाअघि निजामती सेवाबाट अनिवार्य अवकाश पाएका घिमिरेलाई खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकमा छनोट गरिएको हो । उनले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलबाट नियुक्तिपत्र बुझिसकेका छन् ।

    यसअघि स्टाफ कलेजको कार्यकारी निर्देशकमा मन्त्रिपरिषद्बाट सीधै नियुक्त गर्ने अभ्यास रहेकामा यसपटक खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अपनाइएको थियो । उक्त पदका लागि घिमिरेसहित गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा, बाबुराम अधिकारी र अञ्जु मिश्र संक्षिप्त सूचीमा परेका थिए । अन्तर्वार्ता, प्रस्तुतीकरण र योग्यता परीक्षणका आधारमा घिमिरे छनोट भएका हुन् ।

    नेपाल सरकारको विशिष्ट श्रेणीका सचिवका रूपमा घिमिरेले अर्थ मन्त्रालयमा अर्थ तथा राजस्व सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रपतिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारी सम्हालिसकेका छन् । उनले कोशी प्रदेशको प्रमुख सचिवका रूपमा समेत काम गरेका थिए ।


    images
    images

    Logo