images
images

आगामी तीन दिन यी क्षेत्रमा मेघगर्जन,चट्याङसहित भारी वर्षा हुने


  • 715
    SHARES
  • २०७८ आषाढ १७ गते बिहीबार

    आगामी तीन दिन यी क्षेत्रमा मेघगर्जन,चट्याङसहित भारी वर्षा हुने

    काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका एक,दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक,दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा गए रातिदेखिनै निरन्तर हल्का वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदली रहेको छ । 
     
    महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशकाका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । राति पनि यही मौसमी प्रणाली जारी रहनेछ ।
     
    भोलि शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङसहित भारी,थोरै भारी वर्षाको सम्भावना रहेको छ । 

    असार १९ गते शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ ।  
    आज काठमाडौँको अधिकतम २८ र न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ।


    images

    Logo