images
images

२१ कम्पनीको १२ करोड ३८ लाख कित्ता शेयर सुचीकृत, कुनको कति ? 


  • 490
    SHARES
  • २०७९ फाल्गुण २७ गते शनिबार

    २१ कम्पनीको १२ करोड ३८ लाख कित्ता शेयर सुचीकृत, कुनको कति ? 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा फागुन महिनाको पहिलो ४ सातामा २१ कम्पनीको १२ करोड ३८ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    नेप्सेमा २१ कम्पनीको १२ करोड ३८ लाख ९७ हजार ९ सय ९ रुपैयाँ बराबरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । यसरी सुचीकृत हुने कम्पनीमा ७ वटा बाणिज्य बैंक, ४ वटा लघुवित्त, १ वटा फाइनान्स, ५ वटा इन्स्योरेन्स, सोल्टी होटल र हाइड्रोपावरको २ कम्पनी रहेका छन् । 

    यो अवधिमाा वाणिज्य बैंकहरु अन्तर्गत सुचीकृत भएका एभरेष्ट बैंक, हिमालयन बैंक, प्रभु बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैैंक र नविल, ग्लोवल आइएमई बैंक रहेका छन् । यो अवधिकमा लघुवित्तमा अन्तर्गत सुचीकृत भएका मेरो माइक्रोफाइनान्स लघुवित्त, सीवाईसी लघुवित्त, आँधिखोला लघुवित्त र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त रहेका छन् । 

    त्यस्तै, इन्स्योरेन्स समुह अन्तर्गत नेशनल लाइफ इस्योरेन्स, सिद्धार्थ इस्योरेन्स, नेपाल इस्योरेन्स, प्रिमियर इस्योरेन्स र प्राइम लाइफ इस्योरेन्स रहेका छन् । फाइनान्स समुह अन्तगर्त आईसीएफ सी फाइनान्स रहेको छ । हाइड्रोपावर समूह अन्तगर्त राधी विद्युत कम्पनी, बुटवल पावर कम्पनी रहेका छन् । यसका साथै सोल्टी होटल, हिमालयन डिष्टीलरीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।  

    S.N Company Name Bonus listed
    1 Everest Bank Limited  13 12307542
    2 Himalayan Bank Limited 8 10374980
    3 Himalayan Distillery Limited 60 9110874
    4 Radhi Bidyuat Company Limited  4.75 759990
    5 National Life Insurance Co. Ltd 15 60,52,737
    6 Global IME Bank Limited  3 7138726
    7 Siddhartha Insurance Limited  9 1159200
    8 Soaltee Hotel Limited 5 4213533
    9 Meromicrofinance Laghubitta 10 1200000
    10 Nepal Insurance Company  8 1157696
    11 Premier Insurance Company 14.25 1749451
    12 Cyc Nepal Laghubitta  30 364925
    13 Sanima Bank Limited 10 11327377
    14 Prabhu Bank Limited 6.5 8260657
    15 Century Commercial Bank 4.75 4538106
    16 ICFC Finance Limited 5 563558
    17 Aadhikhola Laghubitta Bittiya Sanstha 30 357000
    18 First Microfinance Laghubitta 19 1832535
    19 Prime Life Insurance  13 3613500
    20 Butwal Power Company 5 1627378
    21 Nabil Bank Limited  18.5 42240881
      Total   123897909

     


    images

    Logo