images
images

आईएमएफसँग ऋण लिएर विदेशी कोषमा पहुँच पुर्याउने श्रीलङ्काको जुक्ति 


  • 333
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    आईएमएफसँग ऋण लिएर विदेशी कोषमा पहुँच पुर्याउने श्रीलङ्काको जुक्ति 

    आईएमएफले श्रीलङ्काका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने भएको श्रीलङ्काले जनाएको छ ।

    श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सोमबार दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत गर्ने तयारी गरेको बताउँदै देशको ‘डलर सङ्कट’ अन्त्य भएको बताएका हुन् । 

    श्रीलङ्कासँग अत्यावश्यक क्षेत्रको आयातका लागि पर्याप्त विदेशी सञ्चिति हुने बताउँदै उनले आईएमएफको प्याकेजले लगानीकर्ताको भावनालाई बढावा दिने र थप विदेशी कोष र लगानीमा देशको पहुँच बढाउने बताए । 

    “आईएमएफको प्याकेजमा श्रीलङ्का सरकारलाई बजेटसम्बन्धी सहयोग समावेश हुनेछ, जुन आईएमएफको कर्जाको नयाँ अंश हो,” उनले भने । 

    सन् २०२२ मा दक्षिण एशियाली मुलुक श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग सम्बन्धित वार्ता सुरु गरेको थियो । 


    images

    Logo