काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा विरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । सोमवार नेपाल बीमा प्राधिकरणले स्वीकृति दिए सँगै उनी सीईओमा नियुक्त भएका हुन् ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा मर्जर भई नयाँ बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सीईओमा वैदवारलाई नियुक्त गरेको हो । उनी मर्जर अघि सिद्धार्थ इन्स्योरेन्सको सिईओ थिए । मर्जर पश्चात यी कम्पनीले गत फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए ।