काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ वटा हेलिकप्टरका पाइलटलाई उडानका लागि रोक लगाएको छ । प्राधिकरणले एयर डाइनेस्टीको १ फिसटेल (समिट हेलिकोप्टर को १ र अन्नपूर्ण हेलिकोप्टरको १ जना पाइलटलाई उडानमा रोक लगाएको हो ।
डाइनेस्टी र फिस्टेलका पाइलटलाई पोखरामा प्याराग्लाइडिङ उडान गर्ने क्षेत्रमा हेलिकप्टर उडाएको भन्दै प्राधिकरणले निलम्बन गरेको छ भने अन्नपूर्ण हेलिकोप्टरको पाइलटलाई लुक्ला विमानस्थल टावरका एयर ट्राफिक कन्ट्रोलर ९एटिसी०सँग गलत कुराकानी गरेको भनी कारबाही गरेको प्राधिकरणले जनाएको छ ।