काठमाडौँ । सरकारले चिनियाँ कम्पनीसँग ४० लाख डोज खोप किन्ने सम्झौता गरेको छ । सरकारले शुक्रबार चिनियाँ कम्पनी सिनोफर्मासँग ४० लाख डोज भेरोसेल खोप किन्ने सम्झौता गरेका हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएको हो ।
असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । खोपको मूल्य भने कति पर्छ त्यो भने खुलाइएको छैन ।
मन्त्रालयका अनुसार हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ । अहिलेसम्म २५ लाख ७४ हजार ७१५ ९९ प्रतिशतले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले ९३ प्रतिशतले दोस्रो मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकोे छन् ।



