images
images

किसानलाई दूधको भुक्तानी बाँकी


  • 405
    SHARES
  • २०७९ चैत्र ११ गते शनिबार

    किसानलाई दूधको भुक्तानी बाँकी

    काठमाडौं । दुुग्ध उत्पादक किसानले समयमा दूध बिक्री गरेको रकम पाउन सकेका छैनन् । दूध उत्पादनको लागत मूूल्य बढ्दै गएको र समयमा दूध बिक्री गरेको रकम पाउन नसक्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको किसानको गुनासो छ । काभ्रेका किसान रामप्रसाद   सापकोटाले दुुई   महिनादेखिको  रकम नपाउँदा पशुुलाई दाना खरिद गर्न कठिन भएको बताए । 

    “घरखर्चदेखि  बच्चाबच्ची  पढाउने दूध बचेको पैसाले हो,समयमा रकम नपाउँदा व्यवहार चलाउन धेरै नै समस्या भएको  छ,” उनले  भने । दूध बिक्री गरेको एक लाख ५० हजार रुपियाँ पाउन बाँकी रहेको उनले जानकारी दिए । केन्द्रीय दुुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमर कुुँवरले मुलुकभर दुुग्ध विकास संस्थानबाट दुुई महिनाको ४० करोड रुपियाँ र निजी डेरी उद्योगबाट तीन महिनाको रकम पाउन बाँकी रहेको उनले जानकारी दिए । 

    “बजारमा चोकर दाना र परालको मूूल्य बढेको छ, पशुुआहारको मूूल्य बढ्दा किसानको लागत बढेको र समयमा दूध बिक्री गरेको रकम नपाउँदा किसान व्यवसायबाट पलायन हुुने अवस्था आइसकेको छ,” उनले भने । डीडीसीले दूध खरिद गरेबापत किसानको ४० करोड रुपियाँ भुुक्तानी गर्न बाँकी रहेको जनाएको छ । 

    डीडीसीले पुुस  महिनासम्मको  किसानलाई  दूधको  रकम  भुक्तानी  गरेको तर माघ र फागुुन महिनाको भुुक्तानी गर्न बाँकी रहेको जनाएको छ । इन्धनको  मूूल्य  वृद्धिसँगै  ढुवानी  भाडा  बढेकाले  किसानको लागत मूूल्य नै उच्च भएको र दूध बिक्री गरेको रकम समयमा पाउन नसक्दा पशुुलाई आहार खुवाउन नसक्दा दूधको उत्पादन घट्दै गएको किसानको गुनासो छ । किसानले दूध बिक्री गरेको रकम १५÷१५ दिनमा दिनुुपर्ने भए पनि पछिल्लो समय दुुई महिनादेखि भुक्तानी रोकिएको उहाँको भनाइ छ । दूधको मूूल्य बढेर प्रतिलिटर ६५ रुपियाँ पुुगेको छ । बढेको मूूल्य गत चैत १ देखि लागू भएको छ । किसानले प्रतिलिटर दूधमा ६५ रुपियाँ पाउने गर्छन् ।

    कारोबार घट्दा भुक्तानीमा समस्याडीडीसीका  महाप्रबन्धक  सञ्जीव  झाले  बजार  मागअनुसार पर्याप्त दूध नहुुँदा कारोबारमा कमी आई समयमा किसानको रकम भुुक्तानी गर्न नसकिएको स्वीकार गर्नुभयो । बजारमा दूधको अभाव हुुँदा दूध मात्र बिक्री गरिएको र घिउ र बटर बिक्री गर्न नसकेको उनले जानकारी दिए । 

    “सामान्य अवस्थामा दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने गरिएको थियो, अहिले ९५ हजारदेखि एक लाख लिटर सङ्कलन हुुन्छ,” उनले भने । हाल दैनिक ५० देखि ६० हजार लिटर दूध अपुुग रहेको उहाँले जानकारी दिए । भदौ र चैतसम्म दूध उत्पादन हुुने सिजन भए पनि बजारमा अभाव रहेको डीडीसीले जनाएको छ ।

     बजार मागअनुसार दूध उपलब्ध नहुुँदा मुुस्किलले दूध वितरण गरिएको तर घिउ र बटर बिक्री गर्न नकिएको डीडीसीले जनाएको छ । दूध अभावले  गर्दा  प्रशोधन  केन्द्र  पूर्ण  रूपमा  सञ्चालन  हुुन  नसकेको डीडीसीले जनाएको छ । कोभिड–१९ का बेला बिक्री नभएर खेर गएपछि उत्पादन घटेकाले अहिले दूधको अभाव हुन थालेको हो । 

    उत्पादनमा कमी आउनुका साथै ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध उच्च माग भएको सहरसम्म ल्याउन नसक्दा अभाव देखिएको हो ।  डीडीसीले विभिन्न ४६ जिल्लामा उत्पादन भएको दूध खरिद गरी बजारमा बिक्री गर्ने गर्छ ।


    images

    Logo