काठमाडौं । सानिमा रिलायन्स लाइफको सीईओमा शिबनाथ पाण्डे नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्विकृती दिएसँगै पाण्डे सीईओमा नियुक्त भएका हुन् ।
सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले एक आपसमा मर्जर गरि सानिमा रिलायन्स लाइफको नामबाट एकिकृत कारोबार गरेसँगै नयाँ बनेको कम्पनीमा पाण्डे सीईओ भएका हुन् ।