images
images

वित्तीय स्थायित्वमा जोखिम बढेको आईएमएफ प्रमुखको चेतावनी


  • 342
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    वित्तीय स्थायित्वमा जोखिम बढेको आईएमएफ प्रमुखको चेतावनी

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको भन्दै बैंकिङ क्षेत्रमा पछिल्लो उथलपुथलपछि ‘सतर्कताको खाँचो’ मा जोड दिएका छन् । 

    बेइजिङमा आयोजित एक मञ्चमा बोल्दै युक्रेनमा जारी युद्ध, आर्थिक कडाइ र महामारीका कारण विश्वव्यापी आर्थिक वृद्धि दर ३.० प्रतिशतभन्दा तल झरेको अवस्थामा सन् २०२३ अर्को चुनौतीपूर्ण वर्ष हुने विश्वास अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशकले व्यक्त गरे । 

    उनले चाइना डेभलपमेन्ट फोरममा भने, “सन् २०२३ को मध्यावधिमा विश्व अर्थतन्त्रको अवस्था कमजोर रहने सम्भावना छ । अनिश्चितता असाधारण रूपमा उच्च छ । वित्तीय स्थायित्वमा जोखिम बढेको पनि स्पष्ट छ ।” 

    सिलिकन भ्याली बैंकको पतन र प्रतिद्वन्द्वी यूबीएसले स्विस बैंक क्रेडिट सुइसलाई जबर्जस्ती अधिग्रहण गरेसँगै वित्तीय क्षेत्र धराशायी भएको देखिएको उनले भने ।


    images
    images

    Logo