images
images

रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए


  • 405
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए

    काठमाडौं । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै  २६ जना पर्यटक नेपाल भित्रिएका हुन् । 

    अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार यही शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक  नेपाल भित्रिएका हुन् । ती चिनियाँ  पर्यटकहरु काठमाडौँका लागि प्रस्थान गरिसकेको र नेपालबाट पनि आइतबार ५ जना चिनियाँ पर्यटक मितेरीबाट केरूङतर्फ गएका छन् । 

    यसैगरी केरूङ घुम्नका लागि शनिबार र आइतबारमा १ सय ६ जना नेपाली मितेरी पुलबाट चिनियाँ क्षेत्रमा प्रस्थान गरेको सिमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको भनाइ छ । सिमाक्षेत्रमा बसोबास गर्ने नेपालीका लागि चीनको केरूङ प्रान्तमा जान पाउने गरी रसुवावासीका लागि अध्यागमन कार्यालयले विगतका वर्षमा जारी गरेको प्रवेश अनुमतिपत्र नवीकरण गराउन रसुवाको घट्टोलास्थित उक्त कार्यालयमा भीड बढ्न थालेको छ ।

    करिब ५ सय ६ जनाले नवीकरण गराइसकेका र नवीकरणका लागि दैनिक ठूलो सङ्ख्यामा रसुवाबासी अध्यागमन कार्यालय पुग्ने गरेको  कार्यालयका वरिष्ठ  अध्यागमन सहायक खेमराज खड्काले बताए । केरूङमा हाललाई मालबाहक सवारी चलाउने चालक र नवीकरणसहितको स्थायी परिचयपत्र  भएका रसुवावासीले मात्र जान पाउने बताइएको छ ।

    केरूङ जानका लागि एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ छ । साथै सिमाक्षेत्रका चिनियाँ अधिकारीले गरेको आग्रहलाई स्वीकार्दै सीमाक्षेत्रमा रहेको हेल्थडेक्समार्फत ३ सय ६४ जनाको एजेटिजेन परीक्षण गरिएको छ । परीक्षणबाट पोजेटिभ भेटिएका २ जनालाई होम आइसोलेसन पठाइएको छ ।


    images
    images

    Logo