काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । नेपाल बैंकको चैत २ गतेको पत्रानुसार बराल अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् ।
बरालले चैत ६ गते कम्पनीको संचालक समितिको अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।