काठमाडौं । एलन मस्कलाई उछिन्दै बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । मंगलबार सूचना जारी गर्दै फोब्र्सले विश्वका धनाड्यहरुको सूची सार्वजनिक गरेको हो । मस्क दोस्रो र जेफ बेजोस तेस्रो स्थानमा परेका छन् ।
अर्नाल्टको नेटवर्थ २११ बिलियन डलर रहेको छ ।
२०२२ मा २५१ बिलियन डलर नेटवर्थ सहित धनाड्यको सूचीमा पहिलो स्थानमा रहेका मस्क यसपटक भने दोस्रो स्थानमा रहेका छन् । उनको नेटवर्थ १८० बिलियन डलर रहेको छ । त्यस्तै, तेस्रो धनी बन्न सफल जेफ बेजोसको नेटवर्थ ११४ बिलियन डलर रहेको छ । उनी २०२२ मा विश्वको दोस्रो धनी थिए र उनको नेटवर्थ १५१ बिलियन डलर थियो ।
सन् १९९५ देखि २०१७ (२०१० र २०१०–२०१३ बाहेक) सम्म विश्वको सबैभन्दा धनी रहेका बिल गेट्स यसपटक छैठौं स्थानमा पुगेका छन् । यसअघि को सूचीमा उनी तेस्रो स्थानमा थिए ।
भारतीय धनाड्यहरु मुकेश अम्बानी र गौतम अडानी क्रमशः ९ औं र २४ औं स्थानमा रहेका छन् ।
विश्वका २५ धनाड्यहरु
१. बर्नार्ड अर्नाल्ट
२. एलन मस्क
३. जेफ बेजोस
४. ल्यारी एलिसन
५. वारेन बफेट
६. बिल गेट्स
७. माइकल ब्लूमबर्ग
८. कार्लोस स्लिम हेलु
९. मुकेश अम्बानी
१०. स्टीव बाल्मर
११. फ्रान्कोइस बेटनसर्ट
१२. ल्यारी पेज
१३. अमान्सियो ओर्टेगा
१४.सर्जी ब्रिन
१५. झोंग शानशान
१६. मार्क जुकरबर्ग
१७. चार्ल्स कोच
१८. जुलिया कोच
१९. जिम वाल्टन
२०. रॉबसन वॉल्टन
२१. एलिस वाल्टन
२२. डेभिड थोमसन
२३. माइकल डेल
२४. गौतम अडानी
२५. फिल नाइट


