images
images

सेबोन कर्मचारी युनियनको अध्यक्षमा जीसी 


  • 786
    SHARES
  • २०७८ आषाढ २२ गते मंगलबार

    सेबोन कर्मचारी युनियनको अध्यक्षमा जीसी 

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको छैठौं विशेष अधिवेशनले राजुबहादुर जीसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बोर्ड कर्मचारी युनियनमा यसअघि तोलाकान्त न्यौपाने अध्यक्ष थिए ।

    बोर्डको कर्मचारी युनियनको वरिष्ठ उपाध्यक्षमा गौरव बिष्ट, उपाध्यक्षमा वसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत चयन भएका हुन् ।

    कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । सो अवसरमा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले व्यवस्थापन र युनियनसँगै मिलेर बजारको विकासमा लाग्नु पर्ने बताए । 


    images

    Logo