images
images

लाइसेन्स छपाइमा पुनः ढिला


  • 445
    SHARES
  • २०८० बैशाख २३ गते शनिबार

    लाइसेन्स छपाइमा पुनः ढिला

    काठमाडौं । छाप्न बाँकी रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को सङ्ख्या वृद्धि भइरहेको छ । एक वर्षअघि करिब तीन लाखमा झारिएको छाप्न बाँकी सङ्ख्या हाल ८ लाख ५० हजारप्रति पुगेको छ । यातायात व्यवस्था विभागले दैनिक तीन हजारप्रति लाइसेन्स छाप्छ तर माग भने छ हजारभन्दा बढी छ ।

    तीन चरणमा प्रिन्ट मेसिन सञ्चालन गरेर र नयाँ आवेदन बन्द गरेर छाप्न बाँकी लाइसेन्स छापिएको थियो तर हाल समस्या पुनः दोहोरिएको छ छाप्न बाँकी रहेका लाइसेन्स छापिएको वा नछापिएको जानकारी मोबाइलमा म्यासेजमार्फत दिइन्छ । विभागका निर्देशक श्रीचन्द्र शाहले बाँकी रहेको छपाइ सम्पन्न गर्ने योजनामा विभागले थप काम गरिरहेको जानकारी दिए ।  

    हाल विभागमा छपाइ कार्ड सकिन लागेको छ । १२ लाखप्रति कार्ड जर्मनीबाट ल्याइँदै छ । उनले भने, “जर्मनीको मुलभर्ग कम्पनीबाट कार्ड ल्याइँदै छ । छिटो छाप्नका लागि स्मार्ट कार्ड मास प्रिन्टरको टेन्डर खुलाइँदै छ। यी काम भएपछि प्रिन्टका लागि कुर्नु नपर्ला।

    उनका अनुसार तीन वर्ष अगाडिदे  खिका  लाइसेन्स छाप्न बाँकी छ । उनले  भने , “कार्ड प्रिन्ट  भएपछि  सम्बन्धित  व्यक्तिको मो  बाइलमा म्यासेज पठाइन्छ । अत्यावश्यक भएका से वाग्राहीलाई फास्ट ट्र्याकबाट पनि से वा दिइरहेका छौँ ।” श्रम र  अध्ययनका लागि विदेश जाने, शान्ति मिसनमा जाने नेपाली  सेना तथा  नेपाल प्रहरीका  सवारीचालकलाई निवेदन  दिएको बढीमा तीन दिनभित्र  लाइसेन्स  उपलब्ध गराइँदै  आएको  छ । ट्रायल परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने  व्यवस्था लागू भएकाले  सेवाग्राहीको सङ्ख्या वृद्धि भइरहेको छ  ।


    images

    Logo